Alag Dhar

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद


मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको दौडधुप मात्र होइन, गाउँबस्तीमा आशा र भरोसाको वातावरण पनि फैलिँदै गएको देखिन्छ ।
यसै क्रममा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना आइतबार मकवानपुरगढीको घरदैलो अभियानमा निस्किए । यो अभियान औपचारिक भोट माग्ने कार्यक्रममा मात्र सीमित रहेन, उम्मेदवार र मतदाताबीचको आत्मीय सम्बन्ध झल्काउने दृश्यहरूले यात्रा अझ अर्थपूर्ण बनायो ।


मकवानपुरगढी–४ को सामरी कुनाबाट अभियान सुरु गर्दै रानाले मतदातासँग हात जोड्दै परिचय गराइरहँदा एक स्थानीय किसानले भने, ‘हजुरलाई नचिन्ने को छ र ? हजुर कर्मठ, इमान्दार र निष्ठावान नेता हुनुहुन्छ । यसपालि भोट हजुरकै हो ।’ किसानको भनाइलाई नजिकैका अधबैँसे मतदाताले पनि समर्थन गरे ।
मनकामना मन्दिरको दर्शनपछि ठेकीचोक हुँदै रुद्रबाटिकातर्फ अघि बढेको टोलीले अभियानका क्रममा तीन फरक पुस्ताको प्रतिनिधित्व झल्कायो । वडा नं. ३ को भानुचोक र मक्रान्चुली हुँदै देविडाँडा पुग्दा २१ वर्षीय नवयुवा सुमन घिमिरेले रानालाई ढाडस दिँदै आफू र आफ्नो परिवारको मत अनुभवी नेतालाई दिने बताए । उनी स्वयं पनि अभियानमा सक्रिय रूपमा सहभागी भए ।
टोली वडा नं. २ को भालुन्टार, शिखरकटेरी र कुर्ले हुँदै अगाडि बढ्दा ७६ वर्षीय ज्येष्ठ नागरिक सान्तानाथ न्यौपानेसँग भेट भयो । शिखरकटेरी निवासी न्यौपानेले भने, ‘एमालेले वृद्धभत्तामार्फत ज्येष्ठ नागरिकको भरोसा जितेको छ । अब सबै वर्गको भरोसा बन्ने गरी काम गर्नुहोस् । जितको शुभकामना ।’
घरदैलो अभियानको उत्कर्ष वडा नं. २ को ताप्लाखर्कमा देखियो । राना पुग्दा सिंगो गाउँ नै स्वागतका लागि जुटिएको थियो । स्थानीयले फूलमाला र घडासहित भव्य स्वागत गरे । त्यसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै रानाले राजनीतिमा चलिरहेको ‘नयाँ र पुरानो’ भन्ने बहसप्रति टिप्पणी गरे । उनले भने, ‘उमेर बढ्दैमा मानिस पुरानो हुँदैन । चेतनशील प्राणीलाई कपडाजस्तो नयाँ–पुरानो भनेर तुलना गर्नु अन्याय हो ।’
उनले थपे, ‘नविन सोच र विचारलाई व्यवहारमा उतार्न सके मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ, म त्यसैमा प्रतिबद्ध छु ।’
रानाको लामो राजनीतिक योगदानको प्रभाव सभामा समेत देखियो । कार्यक्रममा नेकपामा सक्रिय शंकर थिङ नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी एमालेमा प्रवेश गरे । थिङले सामाजिक रुपान्तरणमा रानाको योगदानको प्रशंसा गर्दै अनुभवी नेताले अवसर पाउनुपर्ने धारणा राखे ।


ताप्लाखर्कपछि टोली जितपुरभञ्ज्याङ पुग्यो । त्यहाँ पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै रानाले ‘सूर्य’ चिह्नमा मतदान गर्न आग्रह गरे । बिहान सामरी कुनाबाट सुरु भएको यात्रा साँझ जितपुरभञ्ज्याङ पुगेर टुंगिँदा पनि उम्मेदवार र मतदातामा उस्तै उत्साह देखिन्थ्यो ।

मुख्य समाचार

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । मे...
अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.