Alag Dhar

माघ महिनामा मात्रै १ सय ८७ किलोग्राम ७८४ ग्राम लागूऔषध गाँजा बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध तस्करी विरुद्धको सक्रियता बढाउँदै माघ महिनामा मात्रै १ सय ८७ किलोग्राम ७८४ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । यो परिमाण पुस महिनाको तुलनामा ३४ किलोग्राम ४१४ ग्रामले बढी रहेको छ । गत पुस महिनामा मकवानपुर प्रहरीले १ सय ५३ किलोग्राम ३७० ग्राम गाँजा समातेको थियो ।

प्रहरीले माघ महिनामा जिल्लाका विभिन्न स्थानबाट गाँजाका अतिरिक्त १ सय २१ किलोग्राम ४६६ ग्राम चरेश, २ किलोग्राम अफिम, १७ ग्राम ३४० मिलीग्राम खैरो हिरोइन, ७५० वटा नाइट्राजेपाम र १७५ वटा ट्रमाडोल ट्याब्लेट बरामद गरेको छ । यसअघि पुस महिनामा मकवानपुर प्रहरीले २ ग्राम १२९ मिलीग्राम खैरो हिरोइन, २०० वटा नाइट्राजेपाम र ६९ वटा ट्रमाडोल ट्याब्लेट बरामद गरेको थियो ।

लागूऔषधको अवैध ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले माघ महिनामा एक बालिकासहित ३० जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको छ । यसैगरी, लागूऔषध ढुवानीमा प्रयोग गरिएका दुईवटा अटो, एउटा पिकअप, एउटा भारतीय कार र एउटा मोटरसाइकल गरी पाँचवटा सवारीसाधन समेत प्रहरीले बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा प्रहरीले चेकजाँच र निगरानीमा कडाइ गरेपछि ठूलो परिमाणमा लागूऔषध र संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।

मुख्य समाचार

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हु...

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद

मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिन...

एमाले उम्मेदवार रामेश्वर रानाको घरदैलो अभियान तीव्र

हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनि...
पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

मकवानपुर । पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.