Alag Dhar

एमाले उम्मेदवार रामेश्वर रानाको घरदैलो अभियान तीव्र


हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार हेटौंडा उपमहानगरपालिका–५ र ७ नम्बर वडामा  घरदैलो अभियान सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार रानाले स्थानीय मतदातासँग भेटघाट गर्दै समृद्ध मकवानपुर निर्माणका लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका थिए। विकास, रोजगारी, सुशासन र जनताको जीवनस्तर उकास्ने विषयलाई केन्द्रमा राख्दै उनले विगतको अनुभव र क्षमताका आधारमा आफू सक्षम प्रतिनिधि हुने दाबी गरे। रानाले मकवानपुरको समग्र विकासका लागि आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गरेका छन् ।

स्थानीय बासिन्दाहरूले रानाको सरल, जनमुखी र विकासप्रेमी नेतृत्वप्रति भरोसा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। घरदैलो कार्यक्रममा देखिएको जनउत्साहले मकवानपुर–१ मा एमालेको चुनावी माहोल थप सुदृढ बन्दै गएको संकेत गरेको छ।

नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको उल्लेख्य उपस्थितिसहित सम्पन्न घरदैलो अभियानले पार्टीप्रतिको जनविश्वास अझ बढ्दै गएको नेताहरूले बताएका छन्।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार रानाले जनताको घरदैलोमै पुगेर मतदाताको मन जित्ने अभियानलाई तीव्र बनाउदै लगेका छन् ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.