Alag Dhar

आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

मकवानपुर । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ।

सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह बी मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो। आजको खेल जित्न सके दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ।

यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ।

एक खेल रद्द र एक हार ब्यहोरिसकेका कारण सेमिफाइनल पुग्न उसलाई कठिन छ। उसले अब अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

मुख्य समाचार

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक

मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान स...
आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

मकवानपुर । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा ...
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ ...
यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

मकवानपुर । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.