Alag Dhar

यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

मकवानपुर । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा कार्यरत लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ ।

पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित कार्यालय परिसरबाटै दुवै जनालाई समातिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेट समेत बरामद भएको छ। सेवाग्राहीको काम गरिदिने बहानामा रकम लेनदेन भइरहेको उजुरी परेपछि अख्तियारले केही समयदेखि उनीहरूमाथि निगरानी बढाएको थियो ।

पक्राउ परेका दुवै जनालाई अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

मुख्य समाचार

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक

मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान स...
आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

मकवानपुर । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा ...
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ ...
यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

मकवानपुर । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.