Alag Dhar

मौन अवधिमा प्रचार गतिविधि निषेध

मकवानपुर । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२ः०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ सङ्गठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा निर्वाचन प्रचासप्रसारलगायत सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला नगर्न, मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दलका उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया एवं माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेलगायत सात बुँदे आचारण पालन गर्न आग्रह गरिएको निर्वाचन अनुगमन अधिकृत कार्कीले बताए । उनका अनुसार निर्वाचन प्रसारप्रसारमा अवाञ्छित गतिविधि भएको पाइएको छैन ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.