
काभ्रे । काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । धुलिखेल नगरपालिकाको हलमा अहिले दिउँसो साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।
यहाँ कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिस्ट पार्टीबाट दीनानाथ गौतम, नेकपा एमाले अमी तामाङ, रास्वपाबाट मधुकुमार चौलागाईँ उम्मेदवार छन् ।