Alag Dhar

चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ ।

चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।

हिजो बेलुका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भएको छलफलमा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गर्दै पद छोड्ने तयारीबारे जानकारी गराउनुभएको थियो । तर उपसभापति शर्माले तत्काल राजीनामा दिनु समस्याको समाधान नहुने भन्दै थापालाई नेतृत्वमै रहेर पार्टीलाई पुनर्गठनतर्फ अघि बढाउन सुझाव दिनुभएको छ ।

शर्माका अनुसार चुनावी मतपरिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा लिनु उपयुक्त नहुने र समग्र राजनीतिक परिस्थिति तथा संगठनात्मक अवस्थाको समीक्षा आवश्यक छ ।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । तर चुनावमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन ।

प्रत्यक्षतर्फ पार्टीले जम्मा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि झन्डै १६/१७ प्रतिशत मत मात्रै प्राप्त हुने प्रारम्भिक आँकलन छ । यसले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

सभापति थापा स्वयम् पनि सर्लाही–४ बाट पराजित हुनुभयो । सभापति भएलगत्तै थापाको हारले उहाँको झन्डै १८ वर्ष लामो संसदीय यात्रामा विराम लागेको छ । साथै पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसहित अन्य केही शीर्ष नेताहरू पनि चुनावमा पराजित हुनुभएको छ ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.