Alag Dhar

भोजपुरमा वन जोगाउन साताव्यापी डढेलो नियन्त्रण अभियान

भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो।

वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिताु भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले जिल्लाका अति जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ।

अभियानअन्तर्गत जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने, विद्यालय र समुदायमा पुगेर अन्तरक्रिया गर्ने तथा जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको छ। डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम उच्च रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा, हतुवागढी, रामप्रसादराई गाउँपालिका र भोजपुर नगरपालिकाका तल्लो भेगमा होर्डिङ बोर्डहरू राख्ने र अग्नि रेखा निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ। वन क्षेत्रमा जम्मा भएका सुकेका पातपतिङ्गर र झाडी सफा गरेर डढेलो फैलिन नदिने रणनीति कार्यालयले लिएको छ।

स्थानीय समुदाय र सुरक्षा निकायको समेत सहभागिता रहेको यस अभियानमा वन हेरालुमार्फत नियमित गस्तीको व्यवस्था मिलाइएको छ। वन क्षेत्रमा चुरोटका ठुटा जथाभाबी फाल्ने, आगो लगाएर छाड्ने वा सुख्खा घाँसपात जलाउने जस्ता लापरवाहीले बर्सेनि ठुलो क्षति हुने गरेको छ।

जैविक विविधता र वन्यजन्तुको वासस्थान जोगाउन नागरिक आफैँ सचेत हुनुपर्ने भन्दै वन कार्यालयले डढेलो लागेको देखेमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.