Alag Dhar

हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

मकवानपुर । हेटौंडाका होटल तथा रेस्टुरेन्टमा यतिबेला एलपी ग्यास अभावले व्यवसाय नै प्रभावित हुन थालेको छ । बजारमा ग्यासको आपूर्ति असहज बनेपछि दैनिक सञ्चालनमै समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन् ।

पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्काले बजारमा एक्कासि माग बढेपछि हेटौंडामा समेत ग्यास अभाव देखिएको हो । पछिल्लो एक महिनादेखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

हेटौंडाका विभिन्न होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार ग्यास अभावका कारण ग्राहकलाई सेवा दिन कठिन भएको छ । “ग्यास सकिएको एक सातासम्म पनि नयाँ सिलिन्डर पाउन सकेका छैनौं,” एक व्यवसायीले भने।”
गयसको अभाब भएको र आधा सिलिण्डर मात्र ग्यास पाउने हुँदा थप समस्या परेको हेटौंडा–४ का रेष्टुरेन्ट सञ्चालक श्याम थापा बताउँछन् ।

नेपाल आयल निगमका अनुसार ग्यासको आपूर्ति नियमित भए पनि बजारमा अत्यधिक माग बढ्दा अभाव देखिएको हो । ग्यास अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चित गर्न थालेपछि समस्या झन् जटिल बनेको निगमको भनाइ छ ।

होटल व्यवसायीहरू भने सरकारले प्राथमिकताका आधारमा ग्यास वितरण व्यवस्था मिलाउनुपर्ने बताउँछन् । होटल तथा रेस्टुरेन्टमा दैनिक रूपमा ग्यास आवश्यक पर्ने भएकाले यस्ता व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ ।

ग्यास अभावलाई व्यवस्थापन गर्न निगमले आधा तौलका सिलिन्डर वितरण सुरु गरेको छ । यसले केही हदसम्म राहत दिएको भए पनि व्यवसायीहरूले पूर्ण रूपमा समस्या समाधान नभएको बताएका छन् । हेटौंडाका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू भने ग्यास अभावका कारण दैनिक चुनौती भोगिरहेका छन् ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.