Alag Dhar

बागमतीमा सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न रणनीतिक निर्णय, समन्वय अझ मजबुत बनाइने

हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको हो।
बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका गतिविधि तथा उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै, विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई पनि औपचारिक रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय तहमा प्रदान गरिँदै आएको प्राविधिक सहयोगलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने रणनीति तय गरिएको छ। साथै, प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।


बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउनु आवश्यक रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनका अनुसार कार्यक्रमले श्रमिकलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ र यसलाई स्थानीय तहसम्म संस्थागत रूपमा विस्तार गर्नुपर्ने आवश्यकता छ।
कार्यक्रम कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाइने मन्त्री थापाको भनाइ थियो।
बैठकमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तालिम केन्द्रले मनोसामाजिक सेवा प्रवाहसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीकरणपछि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा सुदृढ बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धमा सिफारिस गर्ने निर्णय समेत गरेको छ।
बैठकमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, मन्त्रालयका सचिव, स्वीस विकास सहयोगका प्रतिनिधि, विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार बैठकबाट कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तय भएको छ र आगामी दिनमा समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ।

मुख्य समाचार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ ह...
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. ...
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगाय...
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.