Alag Dhar

बीपी राजमार्गमा अलपत्र ८९ जना यात्रुको उद्धार : ५ वटा गाडीलाई सुरक्षित ठाउँमा सारियो

मकवानपुर । सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्रु फसेका थिए।

रोशी गाउँपालिका–७ घुमाउने चारसय बेसीस्थित रोशी खोलामा यात्रुहरू अड्कन पुगेको प्रहरीले जनाएको छ। पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसका ती ८९ जना यात्रुलाई सोमबार राति प्रहरीले उद्धार गरेको थियो।

खोलामा फसेकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ। र्‍याफ्टिङ र डोरीको सहायताले उनीहरूको उद्धार गरिएको थियो।

२०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएको थियो। बाढीको १३ दिनपछि नै अस्थायी डाइभर्सन बनाएर राजमार्ग सञ्चालन गरिए पनि रोशीमा बाढी आउनेबित्तिकै राजमार्ग अवरूद्ध हुने गरेको छ।

हाल उक्त राजमार्ग स्थायी रूपमा बनाउने गरी ठेक्का आह्वान भइ काम भइरहेको छ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.