Alag Dhar

रुकुमपूर्वमा पनी चल्योे डोजर

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ ।

पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक नै साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘सम्झायौं, समय दियौं, सूचना पनि जारी गर्‍यौं, तर अटेरी भएपछि कानुन कार्यान्वयन गर्नुको विकल्प रहेन’, उनले भने ।

डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।

सडक अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामै असर पर्दै आएको थियो । हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिने जनाइएको छ ।

मुख्य समाचार

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

मकवानपुर । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.