Alag Dhar

बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेको क्रियाकलाप अनुशरण योग्य रहेको बाग्मति प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बताउनु भएको छ । ४ नं. वडा कार्यालयको आयोजनामा र शैक्षिक गुणस्तर सुधार समिति, हेटौँड-४ को व्यवस्थापनमा भएको तेस्रो वडा खेलकुद महोत्सव र वडामा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विध्यार्थी र शिक्षकलाई पुरस्कृत र सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । शिक्षाको गुणस्तर सुधार आजको प्रमुख कार्य रहेकोले यस्तो शैक्षिक क्रियाकलापले शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा सृजना गर्ने, विध्यार्थीको प्रतिभालाई प्रस्फुटित गर्ने र समग्र शैक्षिक विकासमा टेवा पुर्याउने बताउनु भयो ।

कार्यक्रममा तेस्रो खेलकुद महोत्सवमा नगरस्तरीलय फुटलबल प्रतियोगितामा विजयी हुने प्रगति मावि र उपविजेता रक्सल एकेडेमी, क्रिकेट तर्फ विजेता भुटनदेवी मावि, उपविजेता श्रमिक मावि, भलिवल तर्फ विजेता कृष्ण आदर्श मावि, उपविजेता ज्योति मावि, बास्केटबल तर्फ विजेता नवोदय शिशु सदन र उपवपजेता कमाने एकेडेमीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै वडास्तरमा एथलेटिकका विभिन्न विधाहरू, शिक्षक तर्फ ५ ए साईड विजेता नवोदय मावि, उपविजेता ब्रम्हदीक मावि, टग अफ वारका विजेता भुटनदेवी मावि, उप विजेता आधुनिक माविलाई पुरस्कृत गरिएको थियो । सम्पूर्ण खेल महोत्सवमा वडा प्रथम हुन सफल भुटनदेवी माविलाई पुरस्कृत गरिएको शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । कार्यक्रममा वडास्तरीय वादविवाद, कविता, हाजिरी जवाफ, निबन्ध, नेपाली हिज्जे र बक्तृत्वकला प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कृत गरिएको थियो । सबै प्रतियोगितामा करिव १२ सय विध्यार्थीले प्रतियोगितामा भाग लिएको र विजेता र उपविजेता पुरस्कृत करिव ३ सय विध्यार्थी रहेको खेलकुद कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।

वडास्तरमा कक्षा ८ को परिक्षामा चार जिपिए ल्याउने भुटनदेवी मावि ४ जना, बम्हदीक एकेडेमी ४ जना र नवोदय माविका ३ जना प्रत्येक विध्यार्थीलाई रू पाँच हजार र विषयगत ७ जना शिक्षकलाई रू १० हजार नगर पुरस्कार र प्रमाणपत्रसहित सम्मान र पुरस्कृत गरिएको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँले जानकारी दिनु भयो ।कार्यक्रममा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले विगत वर्षदेखि नै वडा कार्यालयले विध्यार्थी र शिक्षक केन्द्रीत शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको बताउनु भयो । उहाँले शिक्षामा प्रतिफल प्राप्त गर्न शिक्षामा लगानी अभिवृद्वि गर्नुपर्ने र सामुदायिक र संस्थागत विध्यालयबीचमा सहकार्य र यस्तो कार्यक्रमको माध्यमद्वारा शिक्षक र विध्यार्थीलाई स्वस्थ प्रतिस्पर्धी बनाउन सके शिक्षामा सुधार गर्न सकिने बताउनु भयो । हामीले केवल सम्मान र पुरस्कृत मात्र गरिरहेका छैन शिक्षालाई सबै तहको सरकारले लगानी अभिवृद्वि गर्न अभियान, जागरण र दवाव पनि सृजना गरिरहेका छौ, सिग्देलले भन्नुभयो ।

कार्यक्रममा १० नं। वडा अध्यक्ष फूर्वादोर्जे लामा, ११ नं. वडा अध्यक्ष जुना दाहाल, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रि पाठक, वडा सदस्य गीता त्रिपाठी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाई, श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरे, आधुुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.