Alag Dhar

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ ।

बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए । बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका(२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी छन् ।

घाइते तीनै जनालाई उद्धार गरेर कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.