Alag Dhar

आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र

मकवानपुर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ।

आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो ।

आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, सेतोपाटी अनलाइनले मिति २०८२-११-०३ मा चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२-११-०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।

उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।

आजै चितवन-३ की उम्मेदवार रेनु दाहालले समेत समाचारप्रति आपत्ति जनाएकी थिइन् ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.