Alag Dhar

मकवानपुरको चिसापानीमा शङ्कास्पद बस्तु फेला

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्द घोषणासंगै मकवानपुरको हेटौंडामा शङ्कास्पद बस्तु फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद बस्तु फेला परेको हो । उक्त फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले धरान–चतरा सडकखण्डको बिच भागमा एउटा शङ्कास्पद वस्तु फेला पारेको थियो ।

सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि खतरा लेखिएको थियो । सडकको बिचमै शङ्कास्पद वस्तु देखिएपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो ।

प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो । नेपाली सेनाले बिहान ८: १० बजे उक्त शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जनाकारी दिए ।

डिस्पोजपश्चात् अहिले उक्त सडकखण्डमा यातायात सुचारु भएको उनले बताए । उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.