Alag Dhar

हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार

मकवानपुर । श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा प्रहरी कार्यालय र बाल हेल्पलाइन नेपालको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा हेटौँडा–४ का विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार गरेको छ ।

अनुगमन टोलीले शाह मोटरसाइकल डेन्टपेन्ट ग्यारेजबाट १५ वर्षका एक जना बालकलाई उद्दार गरेको छ । यस्तै, न्यू हेटौँडा बाइक सर्भिस ग्यारेजबाट १७ वर्षका २ जना बालकलाई टोलीले उद्दार गरेको जनाएको छ ।

त्यस्तै जेके टायर मर्मतबाट १७ वर्षका एक जना बालक र अण्डा बोक्ने बोलेरो गाडीबाट १४ र १५ वर्षका २ जना बालकलाई उद्दार गरिएको छ । न्यू आशिया मेकानिकल वर्कसपबाट १७ वर्षका एक जना बालकसहित ७ जना बालश्रमिकको उद्दार गरि बाल हेल्पलाइनको संरक्षणमा राखिएको छ ।

उद्दार गरिएका बालकहरू १ जना भारत, २ जना हेटौँडा–१७ का, १ जना झापा, १ जना वीरगञ्ज र २ जना पर्सा जिल्लाका रहेका छन् । चालु आर्थिक वर्ष २०८२ ०८३ मा यस किसिमको बालश्रम अनुगमनमार्फत विभिन्न क्षेत्रबाट २२ जना बालक र ३ जना बालिका गरी जम्मा २५ जना बालश्रमिकहरु उद्दार गरिएको हेल्पलाइनले जनाएको छ ।

मुख्य समाचार

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.