Alag Dhar

मकवानपुरका दुई निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो

मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई सामग्री बुझाउने कार्य सुरु गरिएको थियो भने सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको छ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले दिएको जानकारी अनुसार मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री सहित मतदान अधिकृतहरु पुगिसकेको र आज सर्बदलिय बैठक बस्ने अनी निर्वाचनका लागि बुथ निर्माण गर्ने काम हुने छ ।
जिल्लाका सबै केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका निर्देशन पुस्तिका, स्याही, स्ट्याम्प प्याड, सुरक्षात्मक सामग्रीलगायत निर्वाचन सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री व्यवस्थित रूपमा पुर्‍याइएको हो।

निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी खटाइएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरू निर्वाचन सामग्रीसहित सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरिसकेका छन्। कतिपय दुर्गम तथा ग्रामीण भेगका मतदान केन्द्रमा सामग्री समयमै पुर्‍याउन सवारी साधनको विशेष व्यवस्था गरिएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको छ।

मकवानपुरको जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको छ। निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा सूचना टाँस गर्ने, मतदान स्थल व्यवस्थापन गर्ने तथा मतदान कक्ष तयारी गर्ने कामसमेत अन्तिम चरणमा पुगेको जनाएको छ।

मकवानपुरमा रहेका दुवै निर्वाचन क्षेत्रका मतदाताहरूलाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरिएको छ। निर्वाचन आयोगको निर्धारित आचारसंहिता पालना गर्दै सबै पक्षलाई शान्तिपूर्ण वातावरण कायम राख्न पनि अपिल गरिएको छ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.