Alag Dhar

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी

 मकवानपुर ।  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भए। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।

उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए। पछिल्लो निर्वाचन २०७९ मा पनि एमालेका बर्तौला विजयी भएका थिए।

२५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छो सांसद बन्ने भएका छन्। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका उप्रेती रास्वपाबाट टिकट पाएपछि चुनाव लड्न मकवानपुर आएका थिए।

मकवानपुरका लागि नयाँ अनुहार भए पनि हेटौँडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। जिल्लाका दुर्गम क्षेत्रहरूमा भने प्रमुख दलहरूबीच मत लगभग प्रतिस्पर्धात्मक रूपमा बाँडिएको थियो।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.