Alag Dhar

ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र बुझाएको

मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोधपत्र बुझाएको छ ।

पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम जिल्ला कमिटी मकवानपुरले प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो । एमाले मकवानपुरका कार्यबहाक अध्यक्ष हिदम लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई विरोधपत्र बुझाउनुभएको हो । कार्यबहाक अध्यक्ष लामाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओली र लेखकलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताउनु भयो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोग प्रति सुरु देखि एमालेको असहमति र विमती रहँदै आएको उहाँले जिकिर गर्नुभयो । आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने समेत उहाँले बताउनुभयो । गैरकानुनी ढंगबाट गरिएको गिरफ्तारीले मुलुक द्वन्द्वमा फस्ने कार्यबहाक अध्यक्ष लामाको भनाई छ ।

त्यसैगरी विरोध ¥यालीमा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले कानुनी राज्यको दज्जी उडाउँदै प्रतिशोधको राजनीति दिशामा सरकार अघि बढेको बताउनुभयो । जनताको जनादेश अनुसार राष्ट्रको समृद्धिमा लाग्नुपर्ने सरकार दलहरुप्रति प्रतिशोध साध्न तल्लिन रहेको उहाँले आरोप लगाउनुभयो । केन्द्रिय सदस्य रानाले एमाले लोकतान्त्रिक मुल्य र मान्यता प्रति अडिग रहने पार्टी भएपनि आफुहरुलाई उत्तेजित बनाउने गतिविधि नगर्न चेतावनी समेत दिनुभयो ।

ओली र लेखकको विरोधमा एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.