Alag Dhar

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा प्रणालीमा समेट्दै उदाहरणीय पहल गरेको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ३० लाख रुपैयाँ बजेटमार्फत गाउँपालिकाले ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी कुल ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो।
बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकहरूलाई परिचय पत्र वितरण गरेका थिए। यससँगै भीमफेदी गाउँपालिकाले हालसम्म ३११ जना असंगठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिसकेको छ।


सामाजिक सुरक्षा योजनाअन्तर्गत आवद्ध श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता महत्वपूर्ण सेवा सुविधा प्राप्त गर्नेछन्। कोषमा आवद्ध भएपछि उपचार खर्चमा उल्लेख्य कमी आएको श्रमिकहरूले बताएका छन्—पहिले करिब १० हजार रुपैयाँसम्म लाग्ने उपचार अहिले झण्डै २ हजार रुपैयाँमै सम्भव भएको अनुभव उनीहरूले सुनाएका छन्।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत श्रमिकबाट र ९.३५ प्रतिशत गाउँपालिकाबाट योगदान गर्दै कुल २०.३५ प्रतिशत अर्थात मासिक २४७९ रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाएको छ।


भीमफेदी गाउँपालिकाले २०८० साउन ३० गते सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै यो कार्यक्रम सुरु गरेको थियो। यस पहलसँगै गाउँपालिका नेपालकै पहिलो र बागमती प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको छ, जसले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा व्यवस्थित रूपमा समेटेको छ।
गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

मुख्य समाचार

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको ...
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

काठमाडौं।  आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुद...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद...
आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.