Alag Dhar

रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा

किएभ । रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । विज्ञप्तिी जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८-९ मा युद्धविराम घोषणा गर्नु भएको छ, भने युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गर्नु भएको छ ।

किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१ औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्या गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तीमा उल्लेख गरिएकोे छ । साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गर्नु भएको छ ।

यो समय अवधिमा मौन र शान्ति सुरक्षाकको सुनिश्चित भएको अवस्था रहने उहाँले बताउनु भएको छ । रूसमा मे-९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसको सम्झनामा विजय दिवस मनाउनु गरिन्छ । रासस

मुख्य समाचार

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

काठमाण्डौं । पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी ...
चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ  शुरु

चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ शुरु

हेटौडा । चौघडा ६ कालीपोखरीमा मंगलवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शुरु भएको छ । नगरवासीहरुको सुख, शान्ति , समृद्धिक...
बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न स...
राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.