Alag Dhar

जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु

 काठमाडौं । जयपुरस्थित सावई मान सिंह सरकारी अस्पताल (एसएमएस अस्पताल) को ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको ज्यान गएको छ। आगलागीका कारण बिरामीहरू जलेर र धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक जानकारी छ।

अस्पताल प्रशासनका अनुसार आगलागी आइसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको हो, जसको कारण विद्युतीय सर्टसर्किट भएको अनुमान गरिएको छ।

एसएमएस अस्पताल राजस्थानकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। ट्रमा सेन्टर भवन टोक रोडमा अवस्थित मुख्य अस्पताल भवनको ठीक अगाडि रहेको छ। आगलागी दोस्रो तल्लामा भएको बताइएको छ।

द हिन्दुका अनुसार, सेन्टरका इन्चार्ज डा. अनुराग धाकडका अनुसार न्युरोसर्जरी आइसीयूमा ११ जना गम्भीर बिरामीको उपचार भइरहेको थियो, भने सोही तलामा अर्को आइसीयूमा १४ जना बिरामी भर्ना भएका थिए।

न्यूरो आइसीयूमा रहेका दुई महिला र चार पुरुष गरी ६ जनाको मृत्यु भएको हो। बाँकी बिरामीहरूलाई सुरक्षाकर्मी र कर्मचारीहरूले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।

धुवाँ अत्यधिक फैलिएको कारण अस्पतालमा हताशा र त्रास फैलिएको थियो। स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरूले बेडसहित बिरामीहरूलाई भवनबाहिर निकालेका थिए।

दमकलका गाडी घटनास्थलमा पुगेपछि विपरीत दिशाबाट झ्याल तोडेर आगो निभाउने काम सुरु भयो। करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। बाक्लो धुवाँका कारण सुरुवाती समयमा प्रहरी भवनभित्र प्रवेश गर्न सकेका थिएनन्।

मृतकका आफन्तहरूले सोमबार अस्पताल बाहिर प्रदर्शन गर्दै प्रशासन र राज्य सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले अस्पतालमा लापरबाही भएको र आगो निभाउने कुनै उपकरण नहुँदा दुर्घटना भएको आरोप लगाए।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.