Alag Dhar

फरार कैदी पाँच वर्षपछि पक्राउ

मकवानपुर ।वडा प्रहरी कार्यालय वालिङबाट कैद तथा जरिवाना सजाय तोकिएर पाँच वर्षपछि एक जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साविक निवुवाखर्क गाविस –३ र हाल गल्याङ नगरपालिका –५ बस्ने श्याम बहादुर थापालाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिनुभयो ।

२०७७ साल साउन १७ गते जिल्ला अदालतबाट चार दिन कैद र ११ लाख ५० हजार रुपियाँ जरिवाना सजाय तोकेकोमा थापा फरार भएसँगै भुक्तान गर्न बाँकी रहेको थियो ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको र सोही अनुसार थापालाई समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी, फेदीखोला गाउँपालिका –५, बाँगेकी २८ वर्षीया प्रतिमा सुवेदीलाई सुन चोरी गरेको आरोपमा पक्राउ गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका –१७, विरौटामा बसोबास गर्ने सुवेदीले असोज १८ गते उषा शर्माको घरबाट ३।५ तोलाको लकेट सहितको सुनको सिक्री र दुई तोलाको बेरुवा औँठी चोरी भएको थियो ।

घटना सार्वजनिक भएपछि अनुसन्धानका क्रममा प्रहरीले पुतलीबजार नगरपालिका –१ बाट सुवेदीलाई पक्राउ गरेको हो । सुवेदीले गरगहना पोखरामा लुकाइछिपाइ राखेको र सोही ठाउँबाट प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेकी प्रतिमालाई चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

पेट्रोल र डिजेल सस्तो, खाना पकाउने ग्यास महँगो

मकवानपुर । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने ...
रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.