Alag Dhar

Day: २०८२ आश्विन २४, शुक्रबार ०५:१७

खोलामा डुबेपछि एक युवकको मृत्यु

खोलामा डुबेपछि एक युवकको मृत्यु

मकवानपुर । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा नगरपालिकामा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बलरा नगरपालिका–१०, सुदामा गाउँका २८ वर्षीय विवेक भन्ने हरिशङ्कर चौधरीको मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो । चौधरी शुक्रबार बिहान सुदामा ब्यारेजभन्दा ३० मिटर पूर्वतर्फ खोलाको पानीमा डुबिरहेको अवस्थामा मृत फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो । डिएसपी राईका अनुसार चौधरी बिहीबार बेलुकादेखि बेपत्ता हुनुभएको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवातर्फ पठाएको छ । एक साताअघिको भारी वर्षापछि जिल्लाका विभिन्न…
Read More
फरार कैदी पाँच वर्षपछि पक्राउ

फरार कैदी पाँच वर्षपछि पक्राउ

मकवानपुर ।वडा प्रहरी कार्यालय वालिङबाट कैद तथा जरिवाना सजाय तोकिएर पाँच वर्षपछि एक जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साविक निवुवाखर्क गाविस –३ र हाल गल्याङ नगरपालिका –५ बस्ने श्याम बहादुर थापालाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चोधरीले जानकारी दिनुभयो । २०७७ साल साउन १७ गते जिल्ला अदालतबाट चार दिन कैद र ११ लाख ५० हजार रुपियाँ जरिवाना सजाय तोकेकोमा थापा फरार भएसँगै भुक्तान गर्न बाँकी रहेको थियो । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको र सोही अनुसार थापालाई समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।…
Read More
बिपी राजमार्गमा आज दिउँसोसम्म ट्रयाक सकिने, शनिबारबाट गाडी चल्ने

बिपी राजमार्गमा आज दिउँसोसम्म ट्रयाक सकिने, शनिबारबाट गाडी चल्ने

मकवानपुर ।यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्ण रुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ । क्षतिग्रस्त बिपी राजमार्गलाई शनिबारबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुर र सडक पुनर्निर्माणको ठेक्का पाएका निर्माणल व्यवसायीहरुले अस्थायी डाइभर्सन बनाउने कामलाई तीव्रता दिएका हुन् । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले आज (शुक्रबार) दिउँसोसम्म अवरुद्ध भएको बिपी राजमार्गको सबै स्थानमा अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने बताउनुभयो । उहाँले अवरुद्ध राजमार्ग सुचारु गर्नका लागि अहिले राजमार्गअन्तर्गतको चार सय बेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, चौकीडाँडा, बोक्सीकुना, माम्ती, मङ्गलटारमा काम भइरहेको बताउनुभयो । “चार सय…
Read More
एकीकृत समाजवादीको  बैठक  पनि आजै बस्दै

एकीकृत समाजवादीको बैठक पनि आजै बस्दै

मकवानपुर । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले राससलाई जानकारी दिनुभयो । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उहाँले बताउनुभयो ।
Read More
रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

मकवानपुर । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ । बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुगेपछि घरहरु जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका…
Read More
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे हुँदैछ । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.