Alag Dhar

रुपनीमा भीषण आगलागी : छ घर जलेर नष्ट, ५० लाखभन्दा बढीको क्षति

मकवानपुर । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ ।

बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुगेपछि घरहरु जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका थिए । आगो नियन्त्रणमा ल्याउन करिब दुई घण्टा लागेको र शुक्रबार बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हातमा करिब २५ प्रतिशत आगोले पोलिएर घाइते भएका छन् । उनी हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

आगलागीमा ६५ वर्षीय ललित यादवको बाँसको टाटी र टिनको छानो भएको दुईवटा घर जलेको छ । साथै एक तोला सुन, १० तोला चाँदी, ५० हजार नगद, अन्नपात, लत्ता कपडा र भाँडा बर्तन जलेका छन् । भैँसी एक र गाई एक घाइते भएका छन् भने दुईवटा खसी र एकवटा बाख्रा जलेर मरेका छन् । यसरी ललित यादवको करिब सात लाख ५५ हजार बराबरको क्षति भएको बरख गण भलुवाही राजविराजका प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, ललितका छोरा ३० वर्षीय सुनिल यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, तीन लाख नगद, अन्नपात, लत्ता कपडा, भाँडा बर्तन र परालको कुन्यु जलेको छ । भैँसी एक थान घाइते भएको छ र उहाँको कुल करिब १६ लाख ४५ हजार क्षति भएको बरख गण भलुवाही राजविराजले जनाएको छ ।

ललितको अर्को २८ वर्षीय छोरा श्यामसुन्दर यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, दुई लाख नगद, अन्नपात, लत्ता कपडा र भैँसी एक थान जलेर घाइते हुँदा करिब। १५ लाख ६५ हजार बराबरको क्षति भएको पीडितले बताउनुभएको छ ।

यस्तै, ललितकी छोरी २५ वर्षीया पार्वतीदेवी यादव (हाल माईतीघरमा बस्दै आएकी) की तीन तोला सुन, एक सय तोला चाँदी, ७५ हजार नगद र लत्ता कपडा जल्दा करिब १० लाख ६५ हजार बराबरको क्षति भएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागीका कारण विद्युत् सर्ट सर्किट रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.