Alag Dhar

प्रहरीद्वारा एक लाख बराबरको पटका बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया जिवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई छन् । उनिहरुले साइकलमा राखेर ती पटका भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट नाका नजिकै खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ दुई वटा साइकलमा आउँदै गरेको देखेपछि उनीहरूलाई उक्त पटकासहित फेला पारी पक्राउ गरेको हो ।

सो बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ भने साइड नाकाहरुमा पनि गस्ती बढाएर अवैध आयात रोक्ने कार्य भइरहेको जानकारी गराएको छ ।

दीपावलीमा नेपालगन्जमा पटकाको माग उच्च हुने गरेको तथा प्रहरीले भारतबाट ल्याउन नदिने हुँदा अन्य बाटोहरुबाट अवैध रुपमा भित्रिने गरेको स्थानीयले बताएका छन् ।

उनिहरुले प्रहरीले हरेक वर्ष पटका आयातमा प्रतिबन्ध लगाए पनि दीपावलीका तीन दिनसम्म नेपालगन्ज र सो वरिपरिका स्थानहरुमा ठुलो सङ्ख्यामा पटकाहरु पड्किएको आवाज सुनिने गरेको छ ।

यसैबिच, भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा पनि प्रहरीले दुई ठाउँबाट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले खजुरा २ बाट करिब ६ हजार र जानकी १ साइगाँउबाट १४ हजार रुपियाँभन्दा बढीका कुखुरा नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले तिहार र दीपावली नजिकिएकोले अवैध आयात बढेको पाइएको जनाउँदै प्रहरीले कडाइ पनि बढाएको बताउनुभयो ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.