Alag Dhar

आजबाट मौसममा सुधार

मकवानपुर । आजदेखि मौसममा थप सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लागेको छ । पहाडी भागमा मौसम बदलीको अवस्था रहे पनि बाँकी भागमा भने आज मौसम सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसममा क्रमिक सुधार हुँदै गएकोमा आज बिहानदेखि थप सुधार भएको हो । मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । आज केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा आज पनि सामान्य वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आजराति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । यसपालि कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ । त्यस्तै हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा पनि प्रभावित बनेको छ ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.