Alag Dhar

जेनजी आन्दोलनमा कारागारबाट भागेर पीडितसँगै बिहे !

मकवानपुर । सप्तरीमा प्रेम र अपराधको एउटा अनौठो संयोग चर्चामा छ। त्यो चर्चाको केन्द्रबिन्दुमा छन् महादेवा गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय शत्रुघन मुखिया।

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी, राजविराजबाट फरार भएका मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्किनुभयो।

मुखियाले नवविवाहिता दुलही भनेर कारागार जाँदा पीडित किशोरीलाई नै लिएर जानुभयो। यो साधारण घटना जस्तो लागे पनि सामाजिक र कानुनी दृष्टिले अत्यन्त जटिल छ। शत्रुघनले दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाउनुभएको थियो। त्यतिबेला पीडितका रुपमा उभिएकी किशोरीलाई नै श्रीमती भन्दै सार्वजनिक गर्नुभएको हो।

गत भदौ २५ गते कारागारबाट भागेका शत्रुघनले अर्को दिन भदौ २६ गते स्थानीय कमलामाई मन्दिरमा ज्योतिसँग विवाह गरेको दाबी गर्नुभएको हो। गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि भएको उहाँको दाबी छ।

कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सूचना जारी गरेपछि उहाँ सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा दुई वर्ष अघिकी पीडित किशोरीलाई लिएर आत्मसमर्पण गर्न पुग्नुभएको हो।

कारागार फर्किदै गर्दा मुखियाले भन्नुभयो “हामी प्रेममा थियौं, जबरजस्ती करणी थिएन।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको छ।

आफूहरुबीच प्रेम रहेको शत्रुघनको भनाइ छ। यता अदालतले बिहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोकेपछि उहाँ जेल चलान हुनुभएको हो। अहिलेसमेत पीडित किशोरीको उमेर १९ वर्ष मात्र बताइएको छ। मुखियाले अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाससमक्ष पुनरावेदन गरेको दाबी गर्नुभएको छ।

सुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्वीकार गर्दा आफ्ना अभिभावकले शत्रुघनविरुद्ध बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएको किशोरीको भनाइ छ। अहिले पनि किशोरीका अभिभावकले विवाह स्वीकार गरेका छैनन्।

फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागार फर्किनु सकारात्मक कदम भए पनि सजाय पूरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गङ्गालाल योगीले बताउनुभयो।

मुलुकी ऐनले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था छ। फरक परिस्थितिमा अदालतले मानवीय दृष्टिकोणबाट पुनर्विचार गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायी सतीशकुमार दत्तले बताउनुभयो।

केटा र केटी दुवै पक्षका अभिभावक यसमा सकारात्मक हुनु जरुरी रहेको उहाँले सुझाव दिनुभयो।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.