Alag Dhar

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, छ जना घाइते

मकवानपुर । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा –८ को कमानेका आयुष बस्नेतको गए राति मृत्यु भएको हो ।

कालिका मन्दिरबाट कमानेतर्फ जाँदैगरेको बा.प्र.०६–००२ प ४८६२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएपछि मोटरसाइकल चालक २४ वर्षीय बस्नेतलाई अचेत घाइते अवस्था उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

बस्नेतलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्नेक्रममा शनिबार राति ६ः३४ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । यस्तै, मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका –४ पानधुरेमा शनिबार राति १०ः३० बजे मोटरसाइकल दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

पानधुरेबाट हात्तीसुँडेतर्फ आउँदैगरेको बा.प्र.०२–०३८ प ८११४ न.को मोटरसाइकलले सोही स्थान बस्ने पैदलयात्री बद्री गौतमलाई ठक्कर दिएको हो ।

मोटरसाइकल चालक सोही स्थान बस्ने वर्ष २५ को फुर्साङ घलान र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १७ को आकाश भोलनसमेत घाइते भएका छन् । गौतम र घलानको शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेको र भोलनको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।

भोलन मकवानपुर सहकारी अस्पताल हेटौँडामा उपचारपछि घर फर्कनुभएको छ । घलान र गौतमलाई थप उपचारका लागि आइतबार नयाँ मेडिकल कलेज चितवनमा पठाइएको छ ।

यसैगरी फाखले–हुमाने–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका ४ महालक्ष्मी खोलामा काठमाडौँबाट हेटौँडतर्फ आउँदै गरेको वा.प्र.०६–००१ ज ०५२८ न.को विद्युतीय गाडी गएराति ९ः१५ बजेको समयमा चिप्लियर सडकबाट करिब २० देखि २२ मिटर तल खसी दुर्घटना हुँदा गाडीका चालकसहित तीन जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार रौतहटको परवाहा नगरपालिका ५ का वर्ष २१–२२ का प्रवेश अन्सारी, २२ वर्षीय मुसाद आलम र पहिचना नखुलेका एक व्यक्ति दुर्घटनामा घाइते भएका हुन् । अन्सारी र आलमको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.