Alag Dhar

जेसीज सप्ताह–२०२५ : साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर । जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम दिउँसो २ बजेदेखि सञ्चालन गरिएको हो ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको संयोजक विजय गोपाली तथा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुर्यप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियालगायतको आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय मकवानपुरकोतर्फबाट संगिता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरुले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगसँग जोडिएका जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने तरिका, गोपनीयता सुरक्षा तथा अपराधजन्य व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरेका थिए ।

कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा साइबर अपराधसम्बन्धी विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहाँ, कसरी उजुरी गर्ने भन्ने विषयमा समेत विस्तृत प्रष्टिकरण दिइएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी दिनुभयो ।

सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सह–मूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.