Alag Dhar

छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव

मकवानपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ ।

उहाँले जेनजी पुस्ताको आन्दोलनको क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय जलेको र हालसम्म कार्यालय व्यवस्थापन हुन नसकेकाले मुख्य सचिवलाई कार्यालय व्यवस्थापनका लागि निर्देशन दिसकिएको बतटाउनुभयो ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आफनै कोठामा सञ्चारकर्मी सँग कुरा गर्दै मुख्यमन्त्री यादवले कार्यालय दुई तीन दिनभित्र कार्यालय व्यवस्थापन भएपछि आफूले पदभार ग्रहण गर्ने बताउनुभयो ।

उहाँले आफुलाई नियुक्ति दिएपछि विरामी पर्नु भएका प्रदेश प्रमुख भण्डारी कार्यबाहक मुख्यमन्त्रीलाई जानकारी गराएर काठमाडौ जान लागेपछि आफुले नै नियुक्तिपछि सपथ गराइ दिन गरेको आग्रहका कारण जनकपुरधामभन्दा बाहिर सपथ लिनुपरेको अवस्थाको सृजना भएको बताउनुभयो ।

उहाँले यसअघिका मुख्यमन्त्रीहरु पनि फरक स्थानमा सपथ लिएको जानकारी गराँउदै प्रदेश प्रमुखको कार्यालयमै सटपथ लिनु पर्ने कुनै बाधयातमक अवस्था नरहेको बताउनु भयो । मुख्यमन्त्री यादवले भनू भयो — मैले नियुक्ति लिएपछि सपथका लागि प्रदेश प्रमुखजी लाई भन्दा प्रदेश प्रमुखको कार्यालय अगाडी हो हल्ला भइरहेको कारण प्रदेश प्रमुख जीले केही वेर पख्नुस भनेर भन्नु भयो ।

हामी मुटभेट चाहेका थिएनौ । पछि उहाँ विरामी पर्नु भएको खबर प्राप्त भएपछि मैले नै फोन गरेर आग्रह गरे। मलाई सपथ गराइ दिनुस । तपाई जहाँ हुनु हुन्छ त्यही म आँउछु । हाम्रो बातावरण नमिलेको कारण अन्य ठाँउमा सपथ लिनु परेको हो । मुख्यमन्त्री यादवले प्रदेशसभामा ठुलो दलको नेताको हैसियतले म लाई नियुक्ति दिएको भन्दै अहिले नेकपा ९एमाले० सहित मन्त्री भएका दलहरुको साथ रहेको बताउनु भयो ।

उहाँले अन्य दललाई समेत सरकारमा सहभागिताको लागि आफूले पहल थालिसकेको बताउनु भयो । मुख्यमन्त्री यादवले मधेशी जनतालाई अह्वान गर्दै संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्र माथि अघात नहुने किसिमको काम गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.