Alag Dhar

श्रीलङ्काद्वारा अवैध सिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

मकवानपुर । श्रीलङ्काको नौ सेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीलाई आफ्नो देशको जल-क्षेत्रमा अवैध सिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताउनु भएको छ ।

उहाँले पत्रकारलाई नौ सेनाले भारतीय माझीहरूले माछा मार्नका लागि प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गासमेत जफत गरेको उल्लेख गर्नु भएको छ । सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउँदै श्रीलङ्काको जल-क्षेत्रमा विदेशी माझीको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उहाँले बताउनु भएको छ ।

गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताउनु भएको छ । पछिल्लो समयमा श्रीलङ्कामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिको प्रयोगका कारण श्रीलङ्काको पानीमा अवैध शिकार गर्ने विदेशी माझीले स्थानीय माझी र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उहाँले दुःख व्यक्त गर्नु भएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.