Alag Dhar

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम,सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सप्तरीका सीमावासीसँग सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया गरेको छ।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीमा भारतसँग सीमा जोडिएको पालिका प्रमुख, वडाध्यक्ष र नागरिकसँग सीमा समस्याबारे अन्तर्क्रिया गरेको हो ।

“सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” नाराका साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीले आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाहरूले सीमास्तम्भको निर्माण र बन्द रहेका छोटी भन्सार सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।

डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले सीमाक्षेत्रमा रहेका छोटी भन्सारहरू बन्द भएको कारण व्यापारीहरूले सास्ती भोग्नु परेको बताउनुभयो । उहाँले भन्सार नभएकै कारण राम्रो मनसायले ल्याइएका सामान पनि प्रहरीले नियन्त्रणमा लिएर भन्सार पठाउने गरेको गुनासो गर्नुभयो ।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले सीमाक्षेत्रका सबै भन्सार सञ्चालनमा ल्याइए राजस्वमा वृद्धि हुने र तस्करी नियन्त्रणमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मंडलले सीमाक्षेत्रमा हराएका सीमास्तम्भहरू अविलम्ब निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले कोशी क्षेत्रमा बर्सेनि आउने बाढीले सीमास्तम्भ बगाएर लग्ने भएकोले हुँदा नियमित निगरानी र अनुगमन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले सीमाक्षेत्रमा देखिएका दुई देशबिच उत्पन्न हुने समस्या, लागुऔषधको कारोबार लगायतका समस्याहरू राख्दै बारे समाधान गर्न माग गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूबाट जिज्ञासाको जवाफ दिनुहुँदै प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोककुमार बमले हराएका सीमास्तम्भ दुबै देशको सहभागिता निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँ सीमाक्षेत्रको समस्याबारे मधेश प्रदेशका आठवटै जिल्लाका सीमावासीसँग अन्तर्क्रिया गर्ने योजना अनुसार सप्तरीमा कार्यक्रम गरिएको बताउनुहुँदै आएको सुझाव ग्रहण गर्दै समस्याको समाधान गरिने धारणा राख्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीलेका गणपति प्रहरी उपरीक्षक रोशन बुढाथोकीले स्वागत् मन्तव्य राख्दै नेपाल भारत सीमाक्षेत्रको अवस्थाबारे जानकारी गराउनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.