Alag Dhar

गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

मकवानपुर । सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ । बिगत वर्षहरुका तुलनमा यो वर्ष गोरखाामा उत्पादन केहि राम्रो भएपछि काठमाडौँ र चितवनका व्यापारीहरु बारी बारीमै पुगेर सुन्तलाको फल हेरेर मूल्य गरी सम्झौता गरेर जाने गरेका छन् ।

विशेष गरी सुन्तलाको पकेट क्षेत्र भनेर गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका क्षेत्रहरुका बारीमा व्यापारीहरुको चहलपहल बढेको गोरखा नगरपालिका – ४ फिनामका सुन्तला किसान अर्जुन प्रताप राणले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष सुन्तलाको खेतीका लागि उपयुक्त मौसम भएकाले पनि दाना ठुलो र रसिलो भएको छ । सुन्तलालाई चाहिने आवश्याक प्रयाप्त पानी समयमा परेकाले सुन्तला उत्पादनमा सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।

‘‘गत वर्ष रोग लागेर धेरै सुन्तला खेर गएको थियो,’’ सुन्तला किसान अर्जुन प्रताप राणले भन्नुभयो, ‘‘यो वर्ष सुन्तला उत्पादन राम्रो भएकाले व्यपारीहरु पनि बारीमा आएर लगेपछि आम्दानी पनि राम्रो भएको तथा सुन्तला बिक्री गर्न भन्दै मान्छे लाएर बजार धाउनु परेको छैन ।’’

गोरखामा सुन्तला उत्पादन राम्रो र स्वादिलो भएकाले किसानहरुले सोचेजस्तो मूल्यमा बिक्री गर्दै अएका छन् । बारीमा आएर व्यापारीहरुले सुन्तलाको फल हेरेर एकै चौटी मूल्य गरेर लाने भएकाले बजार पुर्‍याउन, यातायात खर्च, त्यसमाथि नबिक्ने डर हुन्थ्यो अहिले भने प्रत्योक सुन्तला किसानले घरमै बसेर १० देखि ३० लाखसम्म बुझ्ने गरेका पालुङटार नगरपालिका – ८ का किसान राम बहादुर आलेको भनाइ छ ।

गोरखादेखि चितवन, गोरखादेखि काठमाडौँसम्म सुन्तला लैजाने व्यापारीहरुको भीड बढ्दै गएको स्थानीय सुन्तला किसानहरु बताउछन् । व्यापारीहरुले गोरखाको सुन्तलालाई स्वादका कारण देशभर माग बढेको बताउँदै आएका छन् ।

त्यस्तै, काठमाडौँबाट आएका सुन्तला व्यापारी यामलाल अधिकारीले भन्नुभयो, ‘‘गोरखाको सुन्तला निकै मिठो र ताजा हुन्छ, यहाँबाट लगेको सुन्तला छिट्टै बजारसम्म पुग्ने पुर्‍याउने भएकाले पनि गोरखाको सुन्तलाको माग बढ्दो छ ।’’ गोरखामा सुन्तला उत्पादन राम्रो भएपछि माग पनि उच्च रहेको छ । यो वर्ष गत वर्षभन्दा किसानहरुको अपेक्षित आयमा वृद्धि भएको गोरखाका सुन्तला किसानहरुको भनाइ छ ।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.