Alag Dhar

हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना

मकवानपुर । बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले अबको केही दिनमै विस्तार हुन लागेको राजमार्गको २५ गजभित्र पर्ने संरचनाहरूबाट विद्युतीय मिटरलगायतका उपकरण हटाउन बिहीबार सूचना जारी गरेको छ।

महेन्द्र राजमार्गको हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक र राप्ती पुलसम्म, साथै त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गराउने काम अगाडि बढेकाले विद्युतीय संरचना स्थानान्तरण आवश्यक भएको प्राधिकरणले जनाएको छ।

राजमार्गको दायाँ–बायाँ २५र२५ गजभित्र रहेका मिटरबक्स, पोल र अन्य विद्युतीय उपकरण हटाउन उपभोक्तालाई छिटो भन्नै वितरण केन्द्रसँग समन्वय गर्न आग्रह गरिएको छ। विद्युत् संरचना स्थानान्तरणकै क्रममा दुर्घटना र क्षति हुन नदिन प्रभावित क्षेत्रका उपभोक्तालाई विशेष सावधानी अपनाउन समेत वितरण केन्द्रले अनुरोध गरेको छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.