Alag Dhar

एमाले लमजुङमा छानिए प्रतिनिधि

मकवानपुर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनोट हुनुभएको छ ।

निर्धारित सङ्ख्याभन्दा महाधिवेशन प्रतिनिधका लागि आकाङ्क्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनबाट खुलातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट निर्वाचित हुनुभएको छ ।

यसैगरी महिलातर्फ पदमा गुरुङ, यशोदा रिमाल र लक्ष्मीदेवी अधिकारी निर्वाचित हुनुभएको छ । युवातर्फ जुनबहादुर तामाङ, दलिततर्फ हिरालाल विक र नन्दराम विक निर्वाचित हुनुभएको छ ।

सदस्यताको आधारमा जिल्लाबाट खुला र समावेशी गरी १० जना प्रतिनिधि हुनु पर्नेमा ३३ जना चुनावी मैदानमा रहनु भएको थियो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदारी दिनु भएका ४० जनामध्ये सात जनाले उम्मेदारी फिर्ता लिएपछि ३३ जना चुनावी मैदानमा उत्रिनुभएको थियो ।

खुला चार जनाका लागि १८ जना, महिला तीन जनाका लागि नौ जना, युवा क्षेत्रतर्फ एक जनाका लागि तीन जना र दलिततर्फ दुई जनाका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।

नेकपा (एमाले) लमजुङका अनुसार महाधिवेशन प्रतिनिधि छनोटका लागि पार्टी सङ्गठित सदस्य पाँच हजार चार सय ७३ मतदाता रहेका थिए । तर निर्वाचनमा भने एक हजार नौ सय १६ मात्र मत खसेको थियो । महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन मण्डलका संयोजक तीर्थ बस्नेतकाअनुसार खुलातर्फ एक हजार ६ सय ९३ र दलित क्षेत्रतर्फ दुई सय २३ मत खसेको थियो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.