Alag Dhar

चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्यधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्द गरी पोखरा झर्नुभएको छ । बिहान–बेलुका माइनस तापक्रमका कारण २४ नम्बर पिल्लर आसपासमा रहेका अधिकांश पसल बन्द गरी जाडो छल्न बेँसी झरिसकेका छन् ।

करिब ५४ वटा पसल रहेकोमा अत्यधिक चिसोका कारण सीमापारि चिनियाँ बजारमा व्यवसाय गर्न जानेको सङ्ख्या घट्दै गएको छ । कोरला नाका क्षेत्रमा करिब एक सय ५४ जना स्थानीयले व्यवसाय गर्ने गरेकोमा अहिले विद्युतीय सवारीसाधन ल्याउने, सामान ढुवानी गर्नेहरूलाई चिया, नास्ता र खाना खुवाउन दुई–चारवटा पसलबाहेक सबै बन्द भएको युवा व्यवसायी पेमा छिरिङ गुरूङले बताउनुभयो ।

गुरूङ भन्नुहुन्छ, ‘‘नाकामा धेरै चिसो भएपछि धेरैजसो पोखरा आउनुभएको छ, अब गर्मी लागेपछि मात्रै नाकामा फर्किन्छौ ।’’ चिनियाँ विद्युतीय सवारीसाधनसहित सामान आयात भइरहेको अवस्थामा मुस्ताङको नागरिकता भएका चालकहरू सीमापारि गएर विद्युतीय सवारीसाधन र सामान करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउने बाहेक व्यवसाय गर्ने स्थानीयले नाका छोडेको छोसेरकी फुर्ब साङ्मु गुरूङले बताउनुभयो । समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकामा स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् ।

कोरला नाका नजिकै लस्करै रहेका टेन्टमा ताला लगाएर सामान लिएर पोखरा, काठमाडौँलगायतका सहरमा घुम्ती व्यवसायमा निस्किएका छन् । यस वर्षको भदौ ३० गतेदेखि व्यावसायिक रूपमा नाका सञ्चालनमा आएसँगै पहिलोपटक पुस ७ गते कोरला नाकाबाट चिनियाँ बजारमा व्यापार गर्न जानको सङ्ख्या शून्य रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको सञ्चार शाखाले जनाएको छ ।

नाका खुलेपछि पहिलो पटक चिनियाँ बजारमा एकजना पनि नगएको यो पहिलो हो । पुस १ गते यता चिनियाँ बजारमा व्यवसायका लागि न्यूनतम १४ देखि ४० जनासम्म गएको देखिन्छ । चिनियाँ बजारमा बिहान ९ बजे प्रवेश गरी दिउँसो २ बजेसम्म व्यापार गरी आवश्यक सामान लिएर फर्किने गरिन्छ । कोरला नाकास्थित दसगजा क्षेत्रबाट करिब ३ सय मिटरको दूरीमा नेपालीलाई व्यवसाय गर्न मिल्ने गरी स्टल बनाइएको छ ।

मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार तिब्बत क्षेत्रबधाट नियमित विद्युतीय सवारीसाधन, विद्युतीय उपकरण, खाद्यान्न, लत्ताकपडासहितका सामान आयात भइरहेको अवस्थामा सामान्य चहलपहल रहेको बताउनुभयो । कोरला नाकाबाट प्रवेश गर्न मुस्ताङको नागरिकता हुनुपर्ने र बाहिर ल्याएपछि मात्रै व्यवसायीले ल्याएको चालकबाट समान ढुवानी गर्ने नियम भएकाले स्थानीय व्यवसायी, मजदुर र सवारीसाधनका चालकलाई नाका र भन्सार क्षेत्रमा रहेको सूचना अधिकारी सिंहको भनाइ छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको नाका खुलेपछि स्थानीयलाई वरदान भएको छ ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.