Alag Dhar

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।

नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।”

मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गर्नु भयो । एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् ।

मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठुलो नोक्सानी बेहोर्नु पर्ने उल्लेख गर्दै उहाँले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताउनु भयो । यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो ।

अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ ।

रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उहाँले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । उहाँले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताउनु भयो ।

कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरीपालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताउनु भयो ।

कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आर्चायले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताउनु भयो । “एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ”, उहाँले भन्नु भयो । चिसोको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको उल्लेख गर्दै उहाँले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताउनु भयो । रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरीपालक किसान आचार्यको भनाइ छ ।

उहाँले भन्नु भयो, “अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसका छन् ।” आर्चायले करिब ७० घार मौरी पाल्नु भएको छ । यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आउनु भएको छ । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ ।

कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रम अनुसार मौरीपालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिनु भयो । जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गर्नु भएको छ ।

मौरीपालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट पाँच लाखको अनुदान प्राप्त गरेकोे र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताउनु भयो । जिल्लाबाट अधिकांश मौरीपालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.