Alag Dhar

आज यस्तो छ देशभरको मौसम

मकवानपुर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

भोलि भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.