Alag Dhar

जुगल ५ वाङ्गुजेमा बिद्यालय भबन निर्माण हुदै

चनौटे/ सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ५ वाङ्गुजेमा नयाँ विद्यालय भवन निर्माणका कार्य थालनि गरिएको छ ।
जुगल गाउँपालिकाले विद्यालय संचालन गर्न अनुमती दिए संगै व्यक्तिको घरमा विद्यालय संचालन हुदै आइरहेकोमा स्थानिय समाजसेवी चमारसिंह तामाङले १ रोपनी जग्गा विद्यालय भवन निर्माणको लागि दिएका थिए भने ७ आना विद्यालयले किनेकाे हाे । विद्यायल निर्माणको लागि जग्गा भएपछि सामाजिक संस्थाहरु लोक शान्ति फाउन्डेसन र ग्लो नेपालको आर्थिक सहयोगमा ३ कोठाको विद्यालय भवन वन्न लागेको विद्यालयका संस्थापक अध्यक्ष सोम छिरिङ तामाङले वताए । बिगत लामो समय देखिको पहल र प्रयास पश्चत भबन बन्न लागेकाेमा स्थानिय मानिसहरुले खुशी व्यक्त गरेका छन् ।


उक्त ठाउँका वालवालिकाहरु अध्ययनको लागि करिव २ घण्टाको वाटो हिड्नु पर्ने बाध्यता रहेकोले वालवालिकाहरु अध्ययन गर्न नजाने भएको हुदाँ स्थानिय समाजसेवी, वुद्धिजिवीहरु र अभिभावकहरुको अथक प्रयासपछी पालिकावाट अनुमती लिइ पठनपाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मिना तामाङले वताइन् । विद्यालयको भवन वनेपछि यस क्षेत्रका बालवालिकाहरुले पनि आफ्नै गाउँमा गुणस्तरी शिक्षा पाउनेमा आफू विश्वस्त रहेको प्रधानाध्यापक तामाङले वताइन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.