Alag Dhar

अलग धार

31 Posts

Encouraging sexual dialogue and expression help to get

Intercourse Toys Store Adult Intercourse Toys Just make positive that any sex toy or pornography you bring into the bed room is a half of a healthy and respectful sexual routine. Encouraging sexual dialogue and expression help to get individuals out of their comfort zones and out of ruts, and intercourse toys in India are making this happen. Exploring eroticizes like bondage nylon bondage rope, mutual masturbation, and dedicated foreplay are all things which may be rising in popularity, as we see them more typically in movies and literature. We’re not here to simply promote you a strap on and ship…
Read More
प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

मकवानपुर । गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ । " यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  हार्दिक शुभकामना व्यक्त गर्दछु" उहाँले सन्देशमा भन्नुभएको छ। आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण  गर्नुभएको छ । "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो" उहाँले सन्देशमा भन्नू भएको छ "जुन नेपाली जनताको लामो संघर्ष,  बलिदान र अथक प्रयासको देन हो।" ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न  बनाउँदै…
Read More
चौतारा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र

चौतारा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र

केशव अधिकारी चौतारा - विश्व रेडक्रस दिवसको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा ‘रक्त सञ्चार सेवा केन्द्र उद्घाटन तथा खुला रक्तदान कार्यक्रम’ गरिएको छ । चौतारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरेका हुन्। नगरपालिकाले केन्द्रमा आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था गरेको छ भने भवन सुविधा चौतारा अस्पतालले उपलब्ध गराएको हो। नगरप्रमुख सापकोटाले उद्घाटन समारोहमा बोल्दै नगर क्षेत्रभित्र सुरक्षित रक्त आपूर्तिको सुनिश्चितताका लागि यस्तो सेवा केन्द्र आवश्यक रहेको बताए। रगत आवश्यकता परेपछि मात्र खोज्ने वस्तु नभइ यसको लागि पूर्वतयारी आवश्यक हुने भन्दै उनले सेवा केन्द्रले आकस्मिक अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा…
Read More
कात्तिके र  बिसौनागाउँ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

कात्तिके र बिसौनागाउँ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

केशव अधिकारी  जलविरे  – जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र - १ का स‌ंघीय सांसद माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल,अमृता नेपाल ‘प्रभा’ र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादीका नेता कार्यकर्ता र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै संघीय सांसद सापकोटाले भौतिक पूर्वाधार विकासमा स्थानीय तह,प्रदेश र संघीय सरकारको सहकार्य महत्वपूर्ण हुने…
Read More
सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक — सोमबार जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् । ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ, बोलेरो चालक प्रहरीले नियन्त्रणका लिएको छ,’ ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने । स्वास्थ्यकर्मीका अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार…
Read More
बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

रामकृष्ण थापा – गत असाेज १२ गतेकाे बाढीपहिरोले भाेटेकाेसी नदी लार्चास्थित बेलिब्रिज बगायाे । साेही दिन लिपिङखाेलाकाे पक्कीपुल पनि बगायाे । त्यस दिनदेखि बन्द तातोपानी नाका ह्युमपाइप राखेर २६ दिनपछि खुला भयाे अस्थायी रुपमा । लिपिङखाेलामा ६ माघदेखि बेलिब्रिज जडानकाे काम सुरु भयाे । २२ दिनपछि २८ माघबाट पुनः नाका सञ्चालनमा आएको छ । प्राकृतिक विपत्तिले सिर्जना गरेका अड्चनले याे आर्थिक वर्षमा हालसम्म दुई महिना जति आयात/ निर्यात ठप्प रहन गयाे । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, प्राकृतिक विपत्तिबाट सिर्जित समस्याले राजस्व संकलनमा धेरै असर गरेकाे छ । दैनिक पाँच कराेडकाे सरदर हिसाबले पनि दुई महिनामा भन्सारले करिब…
Read More
साँस्कृतिक विचलनमा मोफसलका नेवार

साँस्कृतिक विचलनमा मोफसलका नेवार

केशव अधिकारी – वि.सं १८२६ मंसिर १ गते गोर्खाका राजा पृथ्वी नारायण शाहले भक्तपुरमाथि आक्रमण गर्नुपूर्व काठमाण्डौं, पाटन र कीर्तिपुरलाई आफ्नो राज्यमा गाभिसकेका थिए । भक्तपुर आक्रमणको ३ दिनपछि अन्तत ः भक्तपुरलाई पनि राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य गोर्खामा गाम्भ सफल भए । त्यसपछिबाट नै सुरु भएको थियो उपत्यकाबाट बसाइसराइको एउटा टीठ लाग्दो मेलो । यही मेलोमा उपत्यकाभित्र रहेका केही नेवारहरु पूर्व पुगे भने कोही पश्चिम । त अधिकाँशले उपत्यकासँग जोडिएका भूभाग रोजे । यही रोजाईले बन्यो एउटा ऐतिहासिक बजार, जुन अहिले चौतारा नामले परिचित छ । चौतारा बजार उपत्यकाबाट बसाइसाराइ गरेर आएका तीन खलकले बसालेको एउटा बजार हो ।…
Read More
सिन्धुपाल्चोकमा १०  हजार बढीले लगाए एचपिभी खोप

सिन्धुपाल्चोकमा १० हजार बढीले लगाए एचपिभी खोप

पाठेघरको मुखको क्यान्सर  बिरुद्धको एचपिभी खोप १०  हजार एक सय १४ जनामा लगाईएको छ । माघ २२ गतेबाट सुरु भएको खोप कार्यक्रम बुधबार सम्पन्न भएको  हो । खोप अभियानको नवौँ दिनमा जिल्लाका सबै लक्षित किशोरीहरुमा सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । खोप अभियानको पहिलो दिन चार हजार सात सय ३७ र अन्तिम दिन चार जनाले खोप लगाएका हुन्  । जिल्लाभर दुई सय ३ वटा खोप केन्द्रबाट सेवा प्रवाह गरिएको खोप सेवामा  दोस्रो दिन तीन हजार एक सय ७२,  तेस्रो दिन एक हजार चार सय ९९, चौथो दिन चार सय ६७, पाँचौ र सातौ दिन…
Read More
जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिबिर, ३ सय ४० जनाले सेवा पाए

जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिबिर, ३ सय ४० जनाले सेवा पाए

३० औँ जनयुद्ध दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । उक्त शिविरबाट झण्डै तीन सय जनाले सेवा पाए । शहीदहरूको गाउँ भनेर चिनिने सिन्धुपाल्चोकको कुबिण्डेका स्थानीयले आफनै घर आँगनमा जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य सेवा पाएका हुन् । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनमुक्तिीका लागि जनयुद्धको शंख घोष गरेको थियो । सोही बेलादेखि फागुन १ गतेलाई हरेक बर्ष जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । यस दिनमा हालको माओवादी घटकका पार्टीहरुले बिभिन्न कार्यक्रम गरि मनाएको छ । २०७२ सालको संबिधान र जनस्वास्थ्य सेवा नियमावली २०७७ मा स्थानीय सरकारलाई आधारभूत स्वास्थ्य सेवाको लागि…
Read More
आँखा शिविरमा १४३ जनाको शल्यक्रिया

आँखा शिविरमा १४३ जनाको शल्यक्रिया

चौतारा — सिन्धुपाल्चोकको विभिन्न बस्तीका १३ वर्षीया दृष्टिविहीनसहित १४ सय भन्दा बढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १३ देखि ९३ वर्ष उमेरका बिरामीको मोतियाबिन्दु तथा टेरिजिएमको शल्यक्रिया गरिएको छ । टेरिजिएम आँखाको नानीमा ऐजेरुजस्तै मासु पलाउने समस्या हो । शिविरमा आएकी सबैभन्दा कम उमेरकी भोटेकोशी गाउँपालिका-४ नारायणस्थानकी १३ वर्षीया रेविता थामीको दुवै आँखामा रहेको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । आँखा विशेषज्ञ आशिषराज पन्त भन्छन्, 'मोतियाविन्दु भएको लगभग तीन वर्ष भएको रहेछ, ‘अब उनले राम्ररी देख्न सक्नेछिन् ।’ शल्यक्रियाअघि अँध्यारो र उज्यालो मात्र थाहा पाउने गरेको थिइन् । उनको १० वर्षको उमेरमा मोतियाविन्दु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.