Alag Dhar

कात्तिके र बिसौनागाउँ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

केशव अधिकारी 

जलविरे  – जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र – १ का स‌ंघीय सांसद माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल,अमृता नेपाल ‘प्रभा’ र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादीका नेता कार्यकर्ता र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै संघीय सांसद सापकोटाले भौतिक पूर्वाधार विकासमा स्थानीय तह,प्रदेश र संघीय सरकारको सहकार्य महत्वपूर्ण हुने धारणा राखे । यस्ता विकास निर्माणका कार्यले समुदायलाई जोड्नुका साथै सामाजिक र आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । बागमती प्रदेश सभा सदस्य द्वय पौडेल र नेपालले विकास निर्माणका काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । बलेफी गाउँपालिकाका अध्यक्ष तामाङले पुल निर्माणमा सहयोग गर्ने सबै निकायहरूलाई धन्यवाद दिँदै आगामी दिनमा थप विकास निर्माणका कार्य जारी रहने विश्वास व्यक्त गरे ।

यो पुल निर्माणले यी दुई वडाका बासिन्दाहरूलाई आवतजावतमा सहजता ल्याउनुका साथै स्थानीय व्यापार,शिक्षा र स्वास्थ्य सेवामा सहजता हुने स्थानीय हरि पौडेलले बताए । विशेषगरी बर्षायाममा बोक्से खोलाको बहाबका कारण यी दुई वडाबीचको आवागमन कठिन हुने गरेकोमा यो पुलले स्थानीयवासीका लागि ठूलो राहत दिने पौडेलले जानकारी दिए ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.