२०८२ बैशाख २३, मंगलवार १६:२३
२०८२ बैशाख २३, मंगलवार १६:२३
केशव अधिकारी जलविरे – जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र - १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल,अमृता नेपाल ‘प्रभा’ र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादीका नेता कार्यकर्ता र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै संघीय सांसद सापकोटाले भौतिक पूर्वाधार विकासमा स्थानीय तह,प्रदेश र संघीय सरकारको सहकार्य महत्वपूर्ण हुने…