Alag Dhar

बाग्मतीमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति

७ असार ,काठमाण्डाै । बाग्मती प्रदेशमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै प्रदेश सभाको अवरोध हटेको छ ।

नेपाली कांग्रेससहित विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठकमा निरन्तर अवरोध गरेपछि आज सरकार र असन्तुष्ट विपक्षी दलबीच पाँच बुँदे सहमति भएको हो । प्रतिपक्ष दलले बजेटमा उठाएको असहमतिलाई सम्बोधन गर्ने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने, कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्ने लगायत सहमति भएको छ ।

सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्णप्रसाद खनाल, प्रतिपक्षको तर्फबाट बहादुरसिंह लामा तामाङ र उद्धव थापाले हस्ताक्षर गरेका छन ।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोदेखि अवरोध गर्दै आएका थिए ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.