Alag Dhar

आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका महिलाहरु

सिन्धुपाल्चोक । निरुता श्रेष्ठ- सधै चुलाचौका, मेलापातमा मात्र व्यस्त रहने यहाँका महिलाहरु पछिल्लो चरण आयअर्जनमा जोडिन थालेका छन् । आयआर्जनमा जोडिन थालेपछि सिन्धुपाल्चोकका महिलाहरु आत्मनिर्भ बन्न थालेका हुन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका महिलाहरु यतिखेर मकैको खोस्टाबाट मनग्गे आम्दानी गर्न थालेका छन् । महिलाहरुले मकैको खोस्टाबाट टोपी र ब्याग बनाउने सीप हासिल गरेपछि अहिले उनीहरुको व्यस्तता चुलिएको मात्र छैन, खेरो जाने स्थानीय स्रोतको प्रयोग गर्दै आत्मनिर्भर पनि बन्न थालेका हुन् ।

मकैको खोस्टाबाट टोपी ब्याक बुन्ने १ महिने तालिम लिएपछि उनीहरुले सो तालिमलाई कार्यान्वयन गर्दै आम्दानी गर्न थालेको इन्द्रावती गाउँपालिका वडा न ४ की मनमायाँ थापाले बताइन् । हिजोको जस्तै दुई पैसाको लागि श्रीमानको भर पर्नु परेको छैन थापाले भनिन् अहिले आफै कमाउने गर्छु ।

हुन पनि एक महिनामा खोस्टाबाट ब्याग र टोपी १० वटा भन्दा बढी बुन्न सकिन्छ । एउटा टोपी बुनेबापत महिलाहरुले ८ सय रुपैयाँ कमाउँदै आएका छन् ।खोस्टाको सीपहरुलाई बजार व्यबस्थापनमा सम्बन्धित निकायहरुले ध्यान पुर्याउन सकेमा महिलाहरु कोही पनि आफ्नो श्रीमानको भरमा नपरेर आफैले आयआर्जन गर्न सक्छन् ।महिलाहरुले भन्छन्, यस्तो काम गर्न थालेदेखि सानोतिनो खर्चका लागि ऋण काट्नु परेको छैन ।

घरैमा बसेर खालि समयमा टोपि, ब्याक बुनेर राम्रो आम्दानी हुनेभएपछि यहाँका महिलाहरु अहिले टोपि ब्याक बुनाईप्रति आकर्षित भएका छन् भने कमाई हुन थालेपछि आफ्नो आवश्यकता पुरा गर्न कसैको अगाडि हात थाप्नु परेको छैन। यद्यपि केहि महिलाहरु अशिक्षितछन् । तर उनिहरुको हातमा भने सिप छ । यहि सीपले उनिहरुको जीवनयापन सहज भएको छ ।
धेरै जस्तो महिलाहरु अरुले बुनेको हेरेर टोपि बुन्न सिकेका छन् । यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच यहाँका महिलाहरुमा रहेको छ । र आफ्नै पौरखमा आत्मनिर्भर बन्दै छन् ।

युवा, महिला, पिछाडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सिपमुलक कार्यहरु गर्दै आफ्नै गाउँ ठाउँमा भएका सीप क्षमतालाई प्रयोग गरी रोजगार सिर्जनाको प्रयासहरु गरेको छ । स्थानीय सरकारमार्फत महिलाहरुलाई उद्यमी, व्यबसायी बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउदै आएको पाईएको छ ।भौगोलिक रुपमा विभिन्न जातजाति संस्कृति रहेको यस ठाउँमा विभिन्न परम्परागत सीपहरु पनि रहेका छन् । पिछाडिएको क्षेत्र, समुदायका महिलाहरुलाई सिलाई, बुनाई, गलैचा बुन्ने जस्ता सिपमुलक तालिम दिएको छ ।

ईन्द्रावति गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालका अनुसार गाउँपालिकाले गरिबी निवारणका लागि विभिन्न चरणका कार्यक्रम गर्दै आएको छ । पिछडिएको क्षेत्र, पिछडिएको वर्गको पहिचान गरि अभिमुखिकरण कार्यक्रम गरि विभिन्न सिपमुलक तालिमहरु समेत दिइरहेको उनले बताए ।सिङ्गो पालिकालाई समृद्ध बनाउनका लागि स्थानीय स्रोत साधन, सीपको विकास र जनशक्तिको उचित व्यबस्थापन गर्नु आवश्यक हुन्छ ।

आफ्नै गाउँघरमा पाईने स्थानीय स्रोतहरुको समुचित ढंगबाट प्रयोग गर्दै जीविकोपार्जन गर्छु भन्नेहरु पनि धेरै छन् तर स्थानीय सरकारको चासो त्यता जान नसक्दा एकातिर बेरोजगारको समस्या बढ्दो छ भने अर्कोतिर स्थानीय स्रोत साधनको पनि सदुपयोग हुन सकिरहेको छैन । यही यथार्थतालाई आत्मसात गर्दै अहिले केही स्थानीय सरकारले स्थानीय स्रोत साधनको प्रयोग गर्दै स्वरोजगारको वातावरण बनाइरहेका छन् । जिल्लाकै विकट मानिने पाँचपोखरी थाङपाल गाउँपालिकाले महिलाहरुलाई स्थानीय स्रोतसाधनको प्रयोग गर्दै महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरेको जनाएको छ । पालिकाले प्रदान गरेको सीपमूलक तालिममध्य राडीपाखी बुनाई तालिम अहिले प्रभावकारी भएको बुनाईमा संलग्न महिलाहरु बताउँछन् ।

राडीपाखी बुनेरै दुई चार पैसा हातमा पर्न थालेपछि पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ कि बुद्धिमाया गुरुङ दंग छिन् ।श्रीमानकै भरमा मात्र घर व्यबहार चलाउदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर नै गलैंचा बुनाइ सम्बन्धी सीप हासिल गरेकी बताइन् । सिकेको सीपको अधिकतम् प्रयोग गर्दै गाउँमै स्वरोजगार बनेकी उनी राडिपाखी बुनेर पनि गुजारा चलाउन सक्दा खुशी छन् । अहिले त श्रीमानको भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ – उनले भनिन् । हुन पनि उनी बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त हुन्छिन् र एउटै राडिपाखीको २० हजारसम्म कमाउने गर्छिन् । फेरि पनि बजारको अलि समस्या भएको गुरुङको अनुभव छ । त्यसो त गाउँपालिकाले समस्या समाधान गर्नेमा पनि उनी विश्वस्त छिन् ।

बुद्धिमायाको मात्रै नभईै बिगत झण्डै १३ वर्षदेखि गलैचा बुनेकै भरमा सानुमाया श्रेष्ठको पनि गर्जो टर्दै आएको छ । सानो छँदा आमाहरुले बुनेको हेरेर नै गलैचा बुन्न सिकेकी उनले परिवारसँग बसेर, घर परिवारलाई समय दिएर पनि महिनामा ७ हजार सजिलै कमाउने गरेकी छिन् ।

“आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रुपमा अंगालेको छु” श्रेष्ठले भनिन् (” सानोतिनो खर्चका लागि ऋण काट्नु परेको छैन “। पराश्रति भएपछि हिंसा भोग्न वाध्य हुने भएकाले पनि गाउँमा अरु दिदिबहिनीहरुलाई पनि उनले जिविकोपार्जनमा लाग्न प्रेरित गर्दै आएकी छन् । घरैमा बसेर, खाली समयमा गलैचा,राडिपाखी बुनेर राम्रो आम्दानी हुनेभएछि यहाँका महिलाहरु अहिले राडीपाखी बुनाईप्रती आकर्षित भएका छन् भने कमाइ हुन थालेपछि आफ्नो आवश्यकता पुरा गर्न कसैको अगाडि हात थाप्नु परेका छैनन् । यद्यपि केही महिलाहरु अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ

अधिकाशं महिलाहरुले अरुले बुनेको हेरेर नै गलैचा बुन्न सिकेका हुन् । यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरुमा छ । र आफ्नै पौरखमा आत्मनिर्भर बन्दै छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले समृद्ध पाँचपोखरी निर्माणका लागि पर्यटन , कृषि संगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको छ ।

मुख्य समाचार

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालय...
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन...
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.