Alag Dhar

तेस्रो लायन्स कप उपाधी स्पोर्टिङ क्लबको पोल्टामा


चौतारा । जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बन्दै अन्तत चौतारामा जारी तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ । खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो । यदपी खेल बडो रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको महसुस सबैले गरे लायन्स क्लब अफ काठाण्डौ सिन्धु चौतारा सिटी आयोजक रहेको यो मैत्रीपूर्ण फुटबलको तेस्रो संस्करण हो । तेस्रो संस्करणमा स्थानीय १० टिमको सहभागिता रहेको थियो । शुक्रबारबार विहानबाट सुरु भएको स्पर्धा शनिबार साँझ सम्पन्न भएको हो । विजयी स्पोर्टिङ क्लबलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले शिल्ड, ट्रफी र मेडल र प्रमाणपत्र प्रदान गरे । उपविजेता बैंकर्सलाई उपमेयर सीता थापाले शिल्ड प्रमाणपत्र मेडल प्रदान गरिन् । सिन्धु गैर सरकारी संस्थाको क्षेत्रमा आफ्नो अलगै पहिचान बनाउन सफल क्लबले आगामी वर्षहरुमा पनि प्रतियोगिता जारी राख्ने अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।

मुख्य समाचार

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्न...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.