Alag Dhar

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कडा निर्देशन दिनुभएको छ।

मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरूलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो।

मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो। “सरकारको काम कागजमा मात्रै सीमित हुन हुँदैन, जनताले दैनिक जीवनमा परिवर्तन महसुस गर्नुपर्छ,” उहाँले भन्नुभयो।

मन्त्री थापाले सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता वा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै कर्मचारीहरूलाई पारदर्शिता, इमानदारी र उत्तरदायित्वका साथ काम गर्न निर्देशन दिनुभयो।

बैठकमा प्रस्तुत प्रगति विवरणका आधारमा आगामी दिनमा मन्त्रालयका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने र यातायात क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।

मन्त्री थापाले जनअपेक्षा र समयको मागअनुसार मन्त्रालयका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका कर्मचारीलाई सक्रिय, समन्वयात्मक र जनमुखी ढंगले काम गर्न आग्रह गर्नुभयो।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.