२०८३ बैशाख ४, शुक्रबार ०६:४३
२०८३ बैशाख ४, शुक्रबार ०६:४३
हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कडा निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरूलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो। मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो। “सरकारको काम कागजमा मात्रै…